काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट प्रुडेन्सियल इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।