free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सले कमायो १६ करोड मुनाफा

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । निर्जीवन बीमा बजारको अग्रणी संस्था प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा पर्साको वीरगञ्जमा सम्पन्न भयो । सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराएका थिए । आ.व. २०७४/७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ । यसभन्दा अघि कम्पनीको विशेष साधारणसभाले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार