free website hit counter

फर्जी चेक भिडाउनेहरुलाई राष्ट्र बैंकले कस्यो

beemaadmin
२०७६ भाद्र २४, मंगलवार

काठमाडौ । फर्जी चेक दिएर हैरान पार्ने व्यक्ति वा संस्थालाई नेपाल राष्ट्र बैंके कडा नियम सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था मिलाएको छ । खातामा रकम अपुग भएवा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समय दिएर रकम भुक्तानी गर्न खातावालाई जानकारी दिनु पर्ने पनि निर्देशन जारी गरेको छ ।
खातामा रकम अपुग भएमा १ एकपटक भुक्तानी नभइकन फिर्ता भएको चेक कम्तीमा दुई दिनको समय दिई सम्बन्धित बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्नेछ । चेकमा गलत हस्ताक्षर गरी चेक भुक्तानी नभएमा बैंकले सो चेक धारकलाई चेकको हस्ताक्षर नमिलेको व्यहोरा लिखित रुपमा जानकारी गराउनु पर्ने छ । राष्ट्र बैंकको निर्देशन बमोजिम कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाउने व्यवस्था मिलाइएको छ । साथै कालो सूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ्ग कारोबार गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार