free website hit counter

फाइजरको कोरोना भ्याक्सिनलाई स्वीकृती आगामी हप्तादेखि प्रयोग ल्याइने

beemaadmin
२०७७ मंसिर १७, बुधबार

एजेन्सी । कोरोना कहरले विश्व आतंकित बन्दै गरेको बेला आशाको दियो विस्तारै बल्न थालेको छ । विश्वमा अधिकांश विकसित मुलु्कहरुले दिनरात मेहनत गरेर तयार पारेका थुप्रै भ्याक्सिन प्रयोग चरण नजिक पुगेको बेला बेलायतले फाइजर कम्पनीद्वारा बनाइएको कोभिड–१९ विरुद्धको भ्याक्सिनको प्रयोगका लागि अनुमति प्रदान गरेको छ । बेलायत फाइजररबायोएनटेकको कोरोना भ्याक्सिनलाई व्यापक उपयोगका लागि स्वीकृती प्रदान गर्ने विश्वको पहिलो देश बनेको छ ।

बेलायती नियामक एचएमआरएका अनुसार,फाइजररबायोएनटेकको उक्त भ्याक्सिनले कोभिड–१९ महामारीका विरुद्ध ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्दछ र यसको व्यापक प्रयोगका लागि अनुमति प्रदान गर्नु सुरक्षित रहेको छ ।

उच्च प्राथमिकतामा रहेको समूह अर्थात् अधिक खतरा भएका मानिसहरुका लागि प्रतिरक्षण आगामी केही दिनमा नै सुरु हुने बताइएको छ । बेलायतले यसअघि नै उक्त भ्याक्सिनको ४ करोड डोजका लागि अर्डर दिइसकेको छ । जसमा प्रत्येक व्यक्तिलाई भ्याक्सिनको दुई डोज दिइनेछ। अर्थात् तत्कालका लागि दुई करोड मानिसहरुले भ्याक्सिनको डोज पाउन सक्नेछन् ।

यो विश्वको सबैभन्दा तीव्र रुपमा विकसित भ्याक्सिन हुनेछ, जसलाई बनाउनमा १० महिना लाग्यो । सामान्य रुपमा यस्ता भ्याक्सिन तयार गर्नका लागि एक दशक सम्मको समय लाग्ने गर्दछ। एजेन्सी

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार