free website hit counter

फाइजरको खोप लगाएको ४८ घण्टापछि गयो नर्सको ज्यान

beemaadmin
२०७७ पुष २२, बुधबार

एजेन्सी । कोरोना विरुद्धको खोप अभियान पूर्ण रुपमा सफल भइसकेको छैन । ९५ प्रतिशत भन्दा बढी प्रभावकारी मानिएका भ्याक्सिनको पनि साइड इफेक्ट देखिन थालेको छ । फाइजरको कोरोना खोप लगाएकी पोर्चुगलकी एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

फाइजरको खोप लगाएको ४८ घण्टापछि स्वास्थ्यकर्मीको अचानक मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पोर्टोस्थित अङ्कोलोजी इन्सिट्च्यूटमा बाल विभागमा कार्यरत ४१ वर्षकी नर्स सोनीया एक्कीभेदोको मृत्यु भएको हो । सोनीयाका बाबु एबीलो एक्कीभेदोले आफ्नी छोरीको स्वास्थ्यमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

‘सोनीयालाई कोरोनाको खोप दिइएको थियो तर उनीमा कोरोनाको कुनैपनि लक्षण थिएन, मलाई थाहा छैन के भयो तर मलाई छोरीको मृत्युको जवाफ चाहिन्छ,’एबीलोले भन्नुभयो । सोनीया कार्यरत अङ्कोलोजी इन्सिट्च्यूटले नयाँ वर्षको दिन एक्कासी उनको निधन भएको र सोनीयाको निधनले अपूरक्षणीय क्षति पुगेको बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार