free website hit counter

फुट रोक्न क–कसले गरे हस्ताक्षर ?

beemaadmin
२०७७ श्रावण २५, आईतवार

काठमाडौं । नेकपा भित्रको विवाद फुटतर्फ उन्मुख हुँदै गएको छ । कुनै पनि बेला पार्टी विभाजन हुनसक्ने अवस्था आइपुगेपछि पार्टी फुट्न नदिन दबाब दिने उद्देश्यले नेकपाका ६१ जना सांसदले हस्ताक्षर गरेका छन् । यति गर्दा पनि दबाव नपुगे धर्नामै बस्नेसम्मको योजना यी ६१ भाइले गरेका छन् । आइतवार संसद् सचिवालयमा पत्रकार सम्मेलन गरी उनीहरूले ६१ जनाको हस्ताक्षर सार्वजनिक गरेका हुन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपाका दुवै पक्षका सांसदले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर संकलन अभियानमा विशाल भट्टराई, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, नारदमुनि राना लगायत सहभागी छन् । उनीहरूले पार्टी एकता जोखाइराख्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको बताए । हस्ताक्षर गर्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका सांसद छन् ।

Advertisement
Advertisement

हस्ताक्षर गर्नेमा अमनलाल मोदी, आशा विक, कलिला खातुन, कल्याणी खड्का, कृष्ण भक्त पोखरेल, गणेश पहाडी, गोपी अछामी, घनश्याम खतिवडा, जयकुमार राई, जीवन श्रेष्ठ, तीर्था गौतम, थममाया थापा छन् । यस्तै नन्दलाल रोका क्षेत्री, नारादमुनि राना, पदम गिरी, पुष्पा कर्ण, प्रेम आले, विजय सुब्बा, मनकुमारी सिजी, यज्ञबहादुर बोगटी, राजबहादुर बुढा, राजेन्द्र गौतम, रामकुारी झाँक्री, विना पोखरेल, विशाल भट्टराई, नारायण प्रसाद खतिवडा, श्यामकुमार श्रेष्ठ, सुदन किराँती, हेमकुमार राई, अञ्जना विशंखे, कृष्णलाल महर्जन लगायतले हस्ताक्षर गरेका छन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार