free website hit counter

फुडमाण्डुले बढायो लगानी

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । फुडमाण्डु प्रालिले नेपालमा आधारित निजी लगानी फण्ड संस्था टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी हासिल गरेको छ । सन् २०१० मा आइटी व्यवसायी मनोहर अधिकारीले स्थापना गरेको फुडमाण्डुको फुड डेलिभरी व्यवसाय सन् २०१५ को भुकम्प पश्चातपनि ससक्त हुँदै सन् २०१६ मा टू नर्थ एसोसिएशन (टीएनए)बाट शुरुवाती चरणको लगानी प्राप्त गरेको थियो ।

फुडमाण्डुले हाल काठमाडौं उपत्यकाभित्र मात्र ५०० भन्दा बढि रेष्टुरेन्टहरुबाट २०० जना राइडरको सहयोगबाट फुड डेलिभरी सेवा दिईरहेको छ । यसबाहेक कम्पनीले ताजा तरकारीहरु, पेय पदार्थहरु र केकहरु फामर्स मार्केट्स, थोक बिक्रेताहरु र प्रमुख होटलहरुबाट समेत डेलिभरी गरिरहेको छ ।

Advertisement
Advertisement

हालै सम्पन्न भएको अनलाइन फुड फेस्टिवलमा राखिएको अग्मेन्टेड रियालिटी फीचरले ग्राहकहरुबाट अथाह प्रतिकृयाहरु प्राप्त भएको छ र यसले नेपाली व्यवसायमा नयाँ प्रवृत्तिलाई कायम गरेको छ । यो सम्झौताअन्तर्गत, टिम भेन्चर्सले फुडमाण्डुमा करिब २० प्रतिशत शेयर ओगट्नेछ जसअन्तरगत नयाँ शेयरहरु र टिएनएले लिएको केहि शेयरहरु खरिद गर्नेछ ।

Advertisement
Advertisement

फुडमाण्डु टिएनएद्वारा गरिएको पहिलो लगानी हो, र यो प्रमुख घरेलु पीइभीसी फर्म हो । यसले वित्तिय सेवाहरु उपलब्ध गराउने, कृषि, प्रविधिमा आधारि व्यवसायहरु जसले ती क्षेत्रहरुमा नै परिवर्तन ल्याएका थिए त्यसमा लगानी गरेको छ । फुडमाण्डुको व्यवसाय पछिल्लो ४ वर्षभित्र मात्रै १० गुणाले वृद्धि भएको छ ।

सम्बन्धित समाचार