free website hit counter

फेरि अख्तियारका २० जनालाई कोरोना

beemaadmin
२०७७ श्रावण २२, बिहीबार

काठमाडौं । कोरोनाको हटस्पट बन्दै गएको राजधानीमा अब अवस्था जटिल देखिन थालेको छ । जताततै कोरोना संक्रमित बढ्दै गएका छन् । कोरोनाको जोखिममा आम नागरिकदेखि भीआईपीसम्म परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको बताइएको छ । आयोगका कुन शाखाका कर्मचारीलाई संक्रमण भएको भन्नेबारे खुलाइएको छैन ।गत मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि थप १ सय जनाको स्वाव लिएर परिक्षण गर्दा संक्रमितको संख्या बढेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार