free website hit counter

फेरि पक्राउ परे दुर्गा प्रसाइँ

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो। प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए। उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार