free website hit counter

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन दुतावासको आग्रह

beemaadmin
२०८१ श्रावण २, बुधबार

काठमाडौं । बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेको छ । ‘कोटा’विरोधी प्रदर्शनमा भएको झडपका कारण ढाकास्थित नेपाली राजदुतावासले विद्यार्थीहरुलाई आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको हो । बङ्गलादेशको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ । सोहि विषयमा नेपाली राजदुतावासले बुधबार एक सूचना जारी गर्दै नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन अनुरोध गरेको हो। बङ्गलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै दुतावासले सबै नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बङ्गलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको पनि जानकारी दिएको छ । यसैगरी, दूतावासले कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः ं डडण्ज्ञडण्टढज्ञण्ज्ञघ र ं डडण्ज्ञठद्धछद्धण्ठढछडमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार