free website hit counter

बढ्यो रेमिट्यान्स

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । चालु आर्थिक वर्ष को ६ महिनामै ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिकसमयमा मात्र उक्त रकम नेपाल भित्रिएको छ । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४र७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रियो। देशको प्रमुख अर्थतन्त्रको आधार रेमिट्यान्सले कुल ग्राहस्थ उत्पादनको एक चौथाई भाग ओगटेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ व्यापार घाटा भएको थियो । त्यस्तै आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा भयो । नेपालको व्यापार घाटाको कहालि लाग्दो अवस्थालाई विदेशबाट भित्रिने रेमिट्यान्सका कारण अर्थतन्त्रको जग यथावत रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार