free website hit counter

बढ्यो सुनको मूल्य, कतिमा कारोबार ?

beemaadmin
२०७९ श्रावण १७, मंगलवार

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ थियो । जुन, २०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार १०० रुपैयाँ छ ।

महासंघले हिजो सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको थियो । आइतबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो सोमबार ४०० रुपैयाँले घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार