free website hit counter

बलात्कार अभियोगमा १४ वर्षीय बालकलाई ६ महिना कैद

beemaadmin
२०७७ मंसिर १३, शनिबार

सप्तरी । समाज विकृत बन्दै गयो भने यस्ता कलिला बालबालिका पनि अपराधमा लाग्छन् भन्ने देखाउँछ । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ। खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा भएको पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन्।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो। जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार