free website hit counter

बलात्कारीको टाउकोको मूल्य १६ लाख

beemaadmin
२०७८ आश्विन ३, आईतवार

एजेन्सी । कानुनले जतिसुकै कडीकडाउ गर्दा पनि छिमेकी देश भारतमा बलात्कार र हत्याका घटनामा कमी आउन सेको छैन । तेलंगनाको हैदराबादमा केही दिनअघि ६ वर्षकी एक बालिकाको पहिले बलात्कार र त्यसपछि हत्या गरेर फरार आरोपीको पुलिसले खोजी गरिरहेको छ । यो घटनाले त्यहाँका जनता निकै आक्रोशित भएका छन् । उनीहरुले आरोपीलाई कडा सजाय दिन माग गरिरहेका छन् । यही बीच तेलंगना सरकारका मन्त्रीले ती आरोपीलाई इन्काउन्टरमा गोली हानेर मारिदिने बताएको एनडिटिभीको एक रिपोर्टमा जनाइएको छ ।

तेलंगना सरकारका श्रीम मन्त्री मल्ला रेड्डीले हैदराबादमा भएको यो घटनाबारे मिडियासँग कुरा गर्दै पीडितले छिटै न्याय पाउने बताए । मल्ला रेड्डीले भने ‘ हैदराबादकी बच्चीको हत्या गर्नेले कडा सजाय पाउनुपर्छ । हामी उसलाई गिरफ्तार गर्नेछौं त्यसपछि इन्काउन्टरमा मारिदिनेछौं ।’ मन्त्रीले छिटै पीडित परिवारलाई भेट्ने र उनीहरुलाई सहयोग गर्ने पनि बताए । परिवारलाई हरेक किसिमले सहयोग गर्ने बताउँदै उनले अगाडि बढेर इन्काउन्टरको कुरा गरे त्यसपछि आरोपीलाई नछोड्ने बताए ।

यो घटनाका विषयमा जनतामा बढ्दो आक्रोशका बीच सोमबार सांसद रेवाथ रेड्डीले पीडित परिवारलाई भेटेका छन् । हैदराबादसहित तेलंगनाका विभिन्न स्थानमा यो घटनालाई लिएर विरोध प्रदर्शन भइरहेका छन् । जनताको प्रदर्शन र जुलुश लगातार बढिरहेका छन् । जनताले मैनबत्तीसहित जुलुस निकालेर न्यायको माग गरेका छन् ।

घटना ९ सेप्टेम्बरमा भएको थियो । त्यस दिन ६ वर्षकी बालिकालाई पहिले बलात्कार गरेर हत्या गरिएको थियो । बालिकाको शव एउटा बन्द घरभित्र भेटिएको थियो । पुलिसले यस घटनामा दोषी भएको आरोपमा ३० वर्षका एक व्यक्तिको खोजी गरिरहेको छ । यी आरोपी बालिकाका छिमेकी भएको बताइएको छ । पुलिसले १५ टिम बनाएको छ र सबै टिमले यी आरोपीको खोजी गरिरहेको छ ।

मध्य प्रदेश र आन्ध्र प्रदेशमा पनि आरोपीको खोजी भइरहेको छ । हैदराबाद पुलिसले आरोपीको टाउकोको मूल्य १० लाख भारतीय रुपैयाँ ९१६ लाख नेपाली रुपैयाँ० तोकेको छ । आरोपीलाई छिटो पक्राउ गर्न यो पुरस्कार घोषणा गरिएको हो । तृलंगनाको राजनीतिमा यो मुद्दाले ठूलो हलचल ल्याएको छ जसले गर्दा पुलिसमाथि पनि छिटो एक्सन लिन ठूलो दबाब परेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार