free website hit counter

बल्ल अघि बढ्यो बीमा विधेयक

beemaadmin
२०७६ फाल्गुन १२, सोमबार

काठमाडौं । बीमा समिति खारेज गर्दै बीमा प्राधिकरण गठनको अवधारण रहेको झण्डै डेढ वर्षअघि संसदमा पेस भएको बीमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढेको छ । बीमा विधेकमाथि छलफलका लागि अर्थ समितिमा पठाइएको छ । समितिले सोमबार विज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलमा बोलाएको छ ।

बीमा व्यवस्थापनका लागि ल्याएको नयाँ विधेक डेढ वर्षअघि संसदमा पेस भएरको थियो । अहिलेको बीमा समिति नै खारेज हुनेगरी पेस भए पनि विधेयक अघि बढ्न सकेको थिएन । नयाँ आउने विधेयकले अहिलेको बीमा समिति नै खारेज गर्नेछ । समितिको ठाउँमा नयाँ बीमा प्राधिकरण ल्याउने विधेयकको प्रस्ताव छ । त्यस्तै, नयाँ विधेयकले बीमा अभिकर्ता, एजेन्ट र सर्भेयरलाई समेत एकै प्रावधानमा समेटिएको छ । जुन प्रावधान विवादित बन्दै आएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार