free website hit counter

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं । फागुन २१ गते सकिएको प्रतिनिधिसभाको निर्वाचनको सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ। देशभरका ५० भन्दा बढी चुनावी क्षेत्रमा मतगणना सुरु गर्दा रास्वापाले ४२ स्थानमा अग्रता लिएको हो। निर्वाचन आयोगका अनुसार अहिलेसम्म रास्वापले ४२ स्थानमा अग्रता कायम गर्दा नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ४ स्थानमा अग्रता कायम गरेको छ। यस्तै, नेपाली कम्यूनिष्ट पार्टी नेकपाले २ स्थानमा अग्रता कायम गरेको छ। सुरुवाती मतगणनाको तथ्यांक हेर्दा रास्वापले सरकार बनाउन आवश्यक पर्ने १३८ सिट क्षमता कटाउने लक्ष्यण देखिएको छ। प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कूल २७५ सिट कायम गरिएको छ। जसमध्ये एक्लैले सरकार बनाउनका लागि १३८ सिट चाहिन्छ। अहिलेसम्म २०७४ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाई ल्याएको थियो। त्यसबाहेकको अवस्थामा कुनै पनि राजनीतिक दलले एक्लै बहुमत ल्याएको विरलै छ। रास्वापाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेद्वारकारुपमा अघि सारेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार