free website hit counter

बाढीको पानीमा करेन्ट सल्किँदा अमेरिकामा तीन नेपालीको मृत्यु

beemaadmin
२०७८ भाद्र १८, शुक्रबार

न्यूयोर्क। अमेरिकाका केही राज्यलाई प्रभावित पार्ने गरी आएको समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर ३ जना नेपालीहरुको ज्यान गएको छ। न्यूयोर्क शहरको उडसाइड क्विन्समा बस्दै आएका एकै परिवारका ३ जनाले आफू बसेको भूंईं तलामा पानी भरिंदा त्यहां करेन्टसमेत प्रवाह भए पछि ज्यान गुमाएको बताइएको छ। जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गका अनुसार पानीको वहावसंगै करेन्ट पनि प्रवाह भएपछि उहाँहरु भाग्न असमर्थ हुनुभएछ। आफू बसेको बेसमेण्टमा पानी भरिएपछि निस्कने प्रयास असफल हुँदा ज्यान गुमाउनेहरु नेपालको सोलुखुम्बु जिल्लाबाट अमेरिका आएका ५० बर्षीय आङ्ग गेलु लामा, उनकी श्रीमति मिङ्मा याङ्जी लामा र १९ महिनाका बालक लोप्साङ्ग लामा रहेका छन्।
यो घटनाको विस्तृत विवरण अझै आइसकेको छैन। आइडा आँधीका कारण न्यूयोर्कमा मात्रै १२ जनाको ज्यान गएको छ भने न्यूजर्सीमा २३ जनाको ज्यान गएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन्। यीमध्ये ३ जना नेपाली मुलका व्यक्ति पनि परेका हुन्। प्राकृतिक विपत्तिमा परेका ज्यान गुमाउने परिवारप्रति अमेरिकामा रहेका विभिन्न संघ संघठनहरुले समवेदना व्यक्त गर्दै शोक बक्तव्यहरु जारी गरेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार