free website hit counter

बाध्यकारी प्रावधान हटाउन निर्जीवन बीमा कम्पनीहरूको सुझाव

beemaadmin
२०७८ भाद्र ९, बुधबार

काठमाडौं । निर्जीवन बीमा कम्पनीका सञ्चालकहरूले पुनर्जिबन बीमा व्यवसायको २० प्रतिशत हिस्सा पूर्नबिमा कम्पनीलाई तिर्नुपर्ने बिमा समिति र सरकारले लागु गरेको बाध्यकारी प्रावधान हटाउन सुझाव दिएका छन्। निर्जीवन बिमा व्यवसायमा समस्या र समाधानबारे पूर्नबिमा विभागका प्रमुखहरूसँग बिमा तालिम इन्स्टिच्युटले काठमाडौंमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा यस्तो सुझाव आएको हो ।

कार्यक्रममा बिमा समितिका निर्देशक दिनेशकुमार लालले पूर्नबिमामा रहेका समस्याबारे सुझाव दिन आग्रह गर्दै सुझावका आधारमा नीति नियम बनाएर कार्यवातावारण बनाइने बताएका थिए। अन्तरक्रियाका सहभागी निर्जीवन बिमा कम्पनीका प्रमुखहरूले अस्वस्थ्य प्रतिस्पर्धाका कारण कतिपय कम्पनीहरूले बिमा समितिले तोकेको दरभन्दा कममा बिमा गर्ने गरेको गुनासो गरेका थिए।

Advertisement
Advertisement

समितिले तोकेकोभन्दा कम दरमा बिमा गरिँदा विदेशी पूनर्जीवन बिमा कम्पनीहरूले स्वीकार गर्न चाहेको उनीहरूको भनाइ थियो। नेपालको भौगोलिक अवस्थाका साथै निरन्तर आइरहने प्राकृतिक विपदका कारण बढी जोखिमरहेकाले विदेशी कम्पनीहरू काम गर्न इच्छुक नदेखिएको पुर्नबिमा कम्पनीका प्रमुखहरूले जिकिर गरेका थिए।

Advertisement
Advertisement

उनीहरूले ख्यातिप्राप्त विदेश कम्पनीहरूको नेपालबाट भइरहेको पलायन रोक्न समयमै आवश्यक कदम चाल्न सुझाव दिँदै पूर्नबिमासम्बन्धी तालिम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पूर्नबिमा विभागका प्रमुखहरूको तर्फबाट आएका सुझावहरू कार्यान्वयनमा ल्याउन समितिले अधिकतम प्रयास गर्ने बताएका थिए। २१ वटा बिमा कम्पनी सहभागी रहेको कार्यक्रममा बिमा समितिका निर्देशक सुशिलदेव सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार