free website hit counter

बारामा तस्कर समूहसँग प्रहरीको झडप

beemaadmin
२०७७ कार्तिक १३, बिहीबार

काठमाडौं । तस्करको बाटो छेक्दा दुई प्रहरीले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै बारामा प्रहरी र तस्कर समूहसँग झडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्। सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे भएको झडपमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो। हवाइफायर गर्दा बालकलाई टाउकोमा लागेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

तस्करीको सामान नियन्त्रणमा लिदां स्थानियले अवरोध गरेर प्रहरीमाथि आक्रमण गरे, गाडी पनि तोडफोड गरे, एसपी पंगेनीले भने, त्यही क्रममा १२ राउन्ड हवाईफायर भएको हो। उनका अनुसार बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको अपरेशन गरिएको छ।

Advertisement
Advertisement

बालकको घर त्यही थियो। घर अगाडि नै हुँदा फायर भएकाले उनलाई गोली वा अरू केहीले लागेको पनि हुनसक्छ, हुलमुलमै आएर लागेको पनि हुनसक्छ डाक्टरहरूसँग बुझेपछि थाहा हुन्छ, एसपी पंगेनीले भने, अवस्था अलि चिन्ताजनक थियो। त्यस्तै एक जना सई सहित घाइते तीन प्रहरीको कलैया अस्पतालमा उपचार भइरहेको छ। तस्करहरूले बाइकमा प्याज ल्याएका थिए। घटनामा अहिलेसम्म कोही पक्राउ नपरेको एसपी पंगेनीले बताए।

Advertisement
Advertisement

सम्बन्धित समाचार