free website hit counter

बाल गृहलाई किताब राख्ने र्याक हस्तान्तरण

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

काठमाडौं । सेञ्चुरी बैंक इलाम शाखाले इलाम–९ गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने र्याक हस्तान्तरण गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन अध्यापनको लागि सहज होस भन्ने हेतुले किताब राख्ने र्याक हस्तान्तरण गरेको हो । इलाम शाखाका शाखा प्रबन्धक अजेश मण्डलले सो अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई किताब राख्ने र्याक हस्तान्तरण गरे ।
सो अवसरमा संस्थाका अध्यक्ष चौहानले उक्त सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफनो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार