free website hit counter

बालबालिका पार्क निर्माणमा मुक्तिनाथको सहयोग

beemaadmin
२०७८ फाल्गुन १७, मंगलवार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त वक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरू उपस्थित थिए । साथै, मनोरमको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतमलगायत उपस्थित थिए ।
यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न, वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरूलाई एक सम्पन्न पार्कमा आराम गर्न वातावरण मिल्ने विश्वास लिइएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थाहरूलाई सहयोग गर्दै आएको छ । बैंकले पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभर भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार