free website hit counter

बालुवाटार कब्जा गर्ने ढकालको घरमा बम विस्फोट (पर्चासहित)

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं। सरकारी स्वामित्वको बालुवाटार कब्जा गर्ने भूमाफिया शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । उक्त घट्नाको जिम्मा नेकपा विप्लव समूहले लिएको छ ।

विस्फोट आसपास फेला परेको विप्लव समूहको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ। पर्चामा ुशोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको उल्लेख छ। विस्फोटबाट ढकालको साढे दुई तले घरको शिशा फुटेको छ भने बा ५ च ९५५९ नम्बरको टोयोटा गाडीमा क्षति पुगेको छ। घरको गेट पूर्णरूपमा ध्वस्त भएको छ। छिमेकीका तीन वटा घरका झ्याल, ढोकाका शिशा पनि फुटेका छन्।

यस्तो छ घटनास्थलमा फालिएको पर्चा

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार