free website hit counter

बालेनको पक्षमा सर्वोच्च अदालतको अर्को आदेश

beemaadmin
२०८१ श्रावण १, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंस्थित नदी किनारका सुकुम्बासीलाई राहतस्वरुप नगद दिएर नै खाली गराउन आदेश दिएको छ । मंगलबार आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले काठमाडौंमा सरकारी जग्गा ओगटेर बसेका सुकुम्बासीलाई केहि रकम दिएर भएपनि जग्गा खाली गर्न आदेश दिएको हो । उक्त इजलासले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी इचङ्गुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न आदेश दिएको छ । यसका साथै,सर्वोच्च अदालतले उक्त स्थान नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरुमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरुको हकमा स्थानान्तरणको सहजिकरणका लागि तत्काल राहतको रुपमा नगद प्रदान गरी अतिक्रमण हटाउन आदेश दिएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार