काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । निवर्तमान सरकारले नियुक्त गरेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सीईओले बिचौलियाको इसारामा काम गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। नेप्सेका अध्यक्ष हेमन्त बस्याल र चुडामुनी चापागाईँलाई ओली सरकारले नियुक्त गरेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको समयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेका अध्यक्ष र सीईओलाई नियुक्त गरेका थिए । उनीहरुले बिचौलियाको इसारामा काम गरेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् । यहीकारण, मंगलबार दिनभर तनावपूर्ण रह्यो । कर्मचारीले अध्यक्ष बस्याल र सीईओ चापागाईँलाई दिनभर कार्यलयमा नै थुनेर राखे। राति अवेर प्रहरी पुगेर उनीहरुलाई उद्दार गरेको थियो । मंगलाबरदेखि आन्दोलनमा उत्रिएका कर्मचारीले बुधबार समेत सोक्रमलाई निरन्तरता दिएका हुन् । उनीहरुको मुख्य माग नै अध्यक्ष र सीईओको राजीनामा रहेको छ ।