free website hit counter

बित्तीय संस्थालाई सुरक्षित बनाऔं

beemaadmin
२०७७ जेष्ठ ९, शुक्रबार

हिंजो म कामबिशेषले बैंक गएको थिएँ | हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो | च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी थिएन |
.
कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए, कुनै स्टाफले नाकको तल तथा घांटीमा मास्क लगाएका थिए | ग्राहकसंग कुरा गर्दा आधा फिटको दुरी पनि देखिएन | ग्राहक तथा स्टाफले प्रयोग गर्ने टेबुल १ फिटको थियो होला | दुवै पक्षले मास्कभित्रबाट बोल्नुपर्दा आवाज सुन्न टाउको जोड्नुपर्ने बाध्यता देखिन्थ्यो | उही टेबल, उही डटपेन, उही चेकबुक, उही रजिस्टर प्रयोग सबैले गरिरहेका थिए | कोरोना संक्रमणको त्यो जोखिम हटाउन बैंकहरुले बिशेष ब्यबस्था गर्नुपर्ने देखिन्छ |
.
– हरेक स्टाफको PCR टेस्ट गर्ने | संक्रमित देखिए आइसोलेसनमा राख्ने |
– कोरोना संक्रमण भएका ग्राहक पनि बैंकमा आउछन् | तसर्थ सहि तरिकाले मास्क, पंजा, चस्मा र हेड क्याप लगाउने |
– लाइन ब्यबस्थापनको लागि ६ फिटमा चिन्ह लगाउने |
– ग्राहकसंग ६ फिटको दुरी राख्ने ब्यबस्था मिलाउने |
– डटपेन, खानेपानीको बोतल लगायतका सामग्री सेयर नगर्ने |
– छुट्टाछुट्टै टेबल ( स्टाफ र ग्राहकको ) को ब्यबस्था गर्ने |
– स्टाफले साबुनपानीले पटकपटक हात धुने |
– ग्राहकले सहि तरिकाले मास्क लगाउने, बाहिर र भित्र २ ठाउमै अनिबार्य ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुपर्ने, मोबाइल फोन, कि रिंग, पर्स आदि टेबुलमा राख्न नपाइने ..ब्यबस्था गर्ने |
– च्यानल गेट ग्राहकले छुन नपाउने | गार्डले स्प्रिट-कपासले सफा गर्दै ग्राहकलाई भित्र / बाहिर जाने व्यवस्था मिलाउने |
– धेरैबटा काउन्टर खोलेर ग्राहकको समय बचत गराउने |
– कागजका झोलामा पैसा लिने / दिने व्यवस्था मिलाउने |
– ड्युटी सकिएपछि बैंकमा लगाएका आउटर खोलेर, साबुनपानीले मिचिमिची हात धोएर मात्र घर फर्किने |
.
बैंक स्टाफ र ग्राहक कोरोना संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय व्यक्तिगत दुरी हो | हरेक बैंकले | ६ फिटको दुरी कायम गर्ने ब्यबस्था मिलाउनु अनिबार्य छ | हामीले १-२ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने हुनसक्छ | तसर्थ माथि उल्लेखित ब्यबस्था र अभ्यास गर्नुको बिकल्प छैन |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार