free website hit counter

बिना धितो प्रोफेशनल कर्जा दिँदै माछापुच्छ्रे बैंक

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । सरल र सहज बैकिङ सेवालाई आत्मसाथ गर्दै अघि बढेको माछापुच्छ्रे बैंकले समयअनुसार आफ्ना सेवालाई सहज बनाउँदै आएको छ ।
नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको एक सय ५९ शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्जा, ओभरड्राफ्ट सुविधा, क्रेडिट कार्ड सुविधा एवं अन्य सुविधाहरु सहुलियत ब्याजदरमा प्रदान गर्ने भनिएको छ । यो सम्झौता पछि अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा तरलताको समस्या र प्रोफेशनल एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंङ्किङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले जानकारी दिए ।

अडानले लेखाव्यबसायसँग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यबसायीहरुको हितका लागि बिभिन्न राष्टिय तथा अन्तर्राष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् । उक्त समझदारी पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसनका अध्यक्ष मोहन राज रेग्मीले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार