free website hit counter

बिहेकै दिनको घटनाले सुहागरात जेलमा

beemaadmin
२०७८ चैत्र १८, शुक्रबार

एजेन्सी । एक जोडीको बिहेको क्रममा यस्तो घटना भयो कि बेहुला र दुलही जेल जान बाध्य भए । उनीहरु सुहागरातको दिन पनि जेलमै बसे । बेहुलाका एक साथी पनि उनीसँगै जेलमा थिए । विवाहको दिन बेहुलीले आफ्नै आमामाथि आक्रमण गरेकी थियन् । यो आक्रमणमा बेहुला र उनका साथीले पनि साथ दिएका थिए । आक्रमणमा नराम्ररी घाइते भएकी महिलाको उजुरीका आधारमा प्रहरीले दम्पती र उनका साथीलाई जेल पठाएको हो । स्कटल्याण्डको यो घटना सन् २०१९ को हो । तर अहिले अदालतले यस विषयमा फैसला गरेको छ । अदालतले दुलहा र दुलहीलाई दोषी ठहर गरेको छ । लिभिङ्स्टन शेरिफ अदालतले दुलहा, दुलही र तिनीहरूको साथीलाई कुटपिटको लागि दोषी ठहर गरेको छ। ‘द सन’का अनुसार २६ वर्षीया क्लेयर गुडब्रान्ड र ३३ वर्षीय इमोन गुडब्रान्डको विवाहमा हंगामा भएको थियो ।

विवाहको पार्टीमा पाहुनाले अत्यधिक रक्सी पिएका थिए। यसैबीच, क्लेयरले आफ्नी ४७ वर्षीया आमा चेरी–एन लिन्डसेलाई कुनै कुरालाई लिएर कुटपिट गरिन् । क्लेयरले आफ्नी आमा लिन्डसेलाई कपाल लुछेको र जुत्ताले कुटपिट गरेको आरोप छ । उनले लिन्डसेलाई मुक्का पनि हानेकी थिइन् । बेहुला इमोन गुडब्रान्ड र उनको साथी किरनले लिन्डसेका पति डेभिडलाई आक्रमण गरे।

पेशेवर बक्सर रहेका इमोनले डेभिडमाथि मुक्का हानेका थिए । इमोन र किरनको आक्रमणको शिकार विवाहमा अन्य पाहुना पनि भए। कुटपिटको यो घटना सीसीटीभी फुटेजमा कैद भएको छ । घटनापछि प्रहरी घटनास्थल पुगेको थियो । लिन्डसे र अन्यको उजुरीको आधारमा क्लेयर, उनका पति इमोन र इमोनको साथी किरनलाई पुलिसले हिरासतमा लिएको थियो। तीनैजनाले जेलमै रात बिताउनुपरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार