free website hit counter

बिहेको ९ दिनमै इकाउन्टर, श्रीमती पुगिन् जेलमा

beemaadmin
२०७७ असार २६, शुक्रबार

एजेन्सी । भारतीय प्रहरीले इन्काउन्टरमा विकास दुबेलाई शुक्रबार मारेको छ । उनीविरुद्ध गत साता बिहीबार उत्तर प्रदेशको कानपुरस्थित बिकारु गाउँमा ८ जना प्रहरीलाई मारेको अभियोग थियो । यस मामिलामा प्रहरीले यसअघि नै ५ जनालाई इन्काउन्टर गरिसकेको छ । विकास दुबेका सहयोगी तथा भाइ अमर दुबे दुई दिनअघि मात्रै इन्काउन्टरमा मारिएका थिए । यतिमात्रै होइन अमर दुबेकी नवविवाहित श्रीमती खुसी दुबेलाई पनि प्रहरीले जेल पठाएको छ । प्रहरीले यी युवतीलाई पनि कुख्यात अपराधको षड्यन्त्रकर्ता ठहर गरेको छ । बिहेपछि माइतीबाट छुट्टिएर घर आएको दुई दिनमा श्रीमान् तथा घरपरिवारलाई बुझ्न त सकिदैन भने नव बेहुली कसरी हत्याकाण्डको षड्यन्त्रकर्ता हुन्छिन् !’ खुसीका माइती पक्षको प्रश्न छ । उनीहरुका अनुसार अमर दुबेको परिवारले गुमराहमा राखेर विवाह गरेका थिए ।

२९ जुनमा अमर दुबे र खुसीको भव्य विवाह भएको थियो । तीन दिनपछि २ जुलाईमा ८ जना प्रहरीको हत्या भयो र विकास दुबे, अमर दुबेसहितका व्यक्तिको नाम हत्याकाण्डमा मुछियो । खुसीका बाबु श्यामका अनुसार उनी रंग लगाउने काम गरेर पाँच बच्चासहित परिवारको गुजारा गर्छन् । उनले दुई छोरीहरुको विवाह गरिदिएका छन् र आफ्नो छोरीहरु राम्रो घरमा परुन् भन्नेमात्रै सपना थियो । खुसी कान्छी छोरी हुन् । आमा गायत्रीका अनुसार एक विवाह समारोहमा गएका बेला कुनै व्यक्तिले बिकरु निवासी अमर दुबेसँग आफ्नो दुई छोरीमध्ये एकको विवाह गराउन उनलाई प्रस्ताव गरेका थिए । झट्ट हेर्दा अमर राम्रा थिए, त्यसैले विहेको कुरा अघि बढाइयो । परिवारजन पनि बिना दाइजो नै कान्छी छोरी खुसीसँग विवाहका लागि राजी भयो । २९ जुनमा उनीहरुको विवाह भयो र ३० जुनमा उनी माइतीबाट बिदा भएर आफ्नो बिकरुस्थित घर गइन् । खुसीले आफ्ना पति र घरपरिवारलाई राम्ररी बुझ्न नपाउँदै २ जुलाईमा बिकरुमा प्रहरी हत्याकाण्ड भयो । नयाँ जिन्दगी सुरु हुनअघि नै खुसीको सबै खुसी खतम भयो । परिवारजनका अनुसार विकास दुबे र उनीसँग जोडिएका अमर दुबेबारे टेलिभिजनमा समाचार सुनेपछि उनीहरुको होश नै गुमेको थियो । उनीहरुलाई अमरविरुद्ध भएको इन्काउन्टरबारे केही भन्नु छैन, तर निर्दोष छोरीमाथि सोच–विचार नगरी प्रहरीले गरेको कारबाहीबाट पुरै परिवार आहत छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार