free website hit counter

बीओके र ग्लोबल आईएमई बैंक मर्ज हुँदै

beemaadmin
२०७९ असार २, बिहीबार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्। यी दुई बैंक बीच प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन्। यी दुई बैंक बीच आज बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो। यससँगै दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार रोक्का गरिएको छ।
मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमइ बीओके बैंक रहनेगरी सहमति भएको छ भने प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ। दुर्य बैंकविच १ बराबर १ शेयर अनुपातमा गाभिनेगरी प्रारम्भिक सहमति भएकोले मर्जरपश्चात बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार रुपैयाँ पुग्ने छ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार