free website hit counter

बीमा अभिकर्ता संघमा नयाँ कार्यसमिति निर्विरोध चयन

beemaadmin
२०८२ चैत्र २९, आईतवार

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनबाट ओमबहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले सर्वसम्मत रूपमा समिति गठन गरेको हो।

निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल चयन भएका छन्। उपाध्यक्ष पदमा महेशदत्त भट्ट, दामोदर गौतम, देवीप्रसाद शर्मा जैशी, शंकरबहादुर कुँवर, सूर्यबहादुर भट्टराई, धुवं गिरी र श्यामप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

Advertisement
Advertisement

महासचिवमा कल्याण विक्रम पाँडे चयन भएका छन्। सचिव (खुल्ला) तर्फ बसन्त विक्रम कुँवर र अम्बिका गौतम निर्वाचित हुँदा सचिव (महिला) मा सीता दाहाल चयन भएकी छन्।

Advertisement
Advertisement

कोषाध्यक्षमा नानी माया सापकोटा तथा सह–कोषाध्यक्ष (महिला) मा दुर्गा कुमारी भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

सदस्य (खुल्ला) तर्फ मष्टि प्रसाद जैशी, ज्ञान प्रसाद पौडेल, कृष्ण बहादुर रिमाल, घनश्याम बुढाथोकी, गोविन्द प्रसाद गिरी, गोमान सिंह रावत, इन्द्र बहादुर थापा, दिपक कुमार लामिछाने, राजु भण्डारी, हरि शरण शिवाकोटी, मदन प्रसाद यादव, निरज कुमार भट्ट, हल्ली प्रसाद गड्तोला र महेन्द्र प्रसाद यादव चयन भएका छन्।

त्यसैगरी सदस्य (महिला) तर्फ रविना केसी अधिकारी, खुमा कुमारी बुढा, गंगा कुमारी शर्मा पराजुली, लिला अधिकारी, नान माया खड्का, सुभद्रा अधिकारी र सरस्वती गौतम निर्वाचित भएका छन्।

सदस्य (दलित, जनजाति, आदिवासी, मधेसी) तर्फ अर्जुन राई र रोशन यादव निर्विरोध चयन भएका छन्।

निर्वाचन प्रक्रिया अधिवक्ता मदन रेग्मीको नेतृत्वमा सम्पन्न भएको थियो भने सहायक निर्वाचन अधिकृतका रूपमा अधिवक्ता सुरेन्द्र सिंह ऐर र अधिवक्ता रामहरी रेग्मी रहेका थिए।

सम्बन्धित समाचार