free website hit counter

बीमा अभिकर्ताको अनलाइन परीक्षा सुविधाभन्दा पनि सकस

beemaadmin
२०८० फाल्गुन १२, शनिबार
  • सौगात कँडेल

नियामक निकाय नेपाल बीमा प्राधिकरणले अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट लिएर सात हजार भन्दा बढीले परीक्षा पास गरिसकेका छन् । यो पूरै नेपालको र सबै बीमा कम्पनीको तथ्यांक हो । समय सापेक्ष रुपमा यो राम्रो प्रयास हो । छिटो, छरितो, समयको बचत गरी अभिकर्ता हुन चाहनले बीमा सम्बन्धी पाठ्य सागम्री पढ्नै पर्ने, परीक्षामा ५० प्रतिशत नम्बर ल्याउनै पर्ने हुँदा अभिकर्ताको क्षमता र गुणस्तर वृद्धि भई बीमा बजारमा विस्तारमा रचनात्मक र सकारात्मक प्रभाव पर्ने निश्चित छ । परीक्षामा ५० वटा वस्तुगत प्रश्नहरुको उत्तर १ घण्टा ३० मिनेटभित्र दिनै पर्ने छ ।

दुर्गम क्षेत्रमा इन्टरनेटको समस्या
नेपाल बीमा प्राधिकरणको अभिकर्ता परीक्षा निर्देशिमा नै उल्लेख गरिएको विषय वस्तुमध्ये एउटा हो नेटको सुविधा प्रशस्त भएको हुनुपर्दछ । तर समस्या भनेको दुर्गम क्षेत्रमा यो सुविधा कम छ । र, शहर केन्द्रीत हुन बाध्य बनाउँछ । कतिपय जिल्लामा अनलाइन परीक्षा दिनै नपाएको गुनासो पनि आएका छन् । र, कतिपय बीमकहरु गाउँ केन्द्रीत हुन सकेका छैनन् । ग्रामीण र दुर्गम क्षेत्रमा अभिकर्ता नहुँदा बीमा व्यवसाय विस्तारमा समस्या पर्ने कुरा स्वाभाविकै हो । भिडियो नै खोलेर परीक्षा दिनु पर्दा नेटको गुणस्तर राम्रो र भरपर्दो हुनै पर्दछ । तर बेलाबखत नेटमा समस्या आउँदा परीक्षार्थी अलमलमा पर्दछन् ।

यस्तो बेला पर्छ परीक्षार्थीलाई समस्या
अनलाइन परीक्षा दिइरहँदा एक घण्टासम्ममा निरन्तर सहभागी भई त्यसपछि नेटमा समस्या आयो भने र परीक्षार्थीले प्रश्नको उत्तर लेख्न नभ्याएको अवस्थामा अटो समिट हुने व्यवस्था छ । तर नेट आएपछि लगइन गर्नु पर्ने हुन्छ । यसो गर्दा समय शुन्यबाटै शुरु हुन्छ । बाँकी रहेको ३० मिनेटमा सबै प्रश्नको उत्तर लेख्न समय पुग्दैन । जसको कारण परीक्षार्थी अर्को पटक परीक्षा दिन बाध्य हुन्छ । यस्ता प्राविधिक समस्याले गर्दा परीक्षार्थीलाई वितृष्णा पैदा भई अर्को पटक परीक्षा नदिन पनि सक्छ । यसको असर बीमा व्यवसायमा नकारात्मक पर्ने निश्चित छ ।

समाधान के होला ?
नेपाल बीमा प्राधिकरणले हालसम्म गरेका धेरै काम कारबाही समय सापेक्ष र सराहनीय छन् । जसमध्ये बीमकलाई नै बीमा अभिकर्ता उत्पादन गर्न नदिनु, अभिकर्ताको परीक्षा आफैं लिनु, बीमकको निरीक्षण गरी दण्ड सजायँको व्यवस्था गर्नु आदि । तर हाल आएर बीमा अभिकर्ता बन्न चाहनेलाई नियाम निकाय आफैंले परीक्षा लिनु राम्रो काम हो । तर दुरदराजका मानिसका लागि त्यहाँ भौतिक रुपमै परीक्षा लिएर बीमा अभिकर्ताको इजाजत दिइयो भने सहज हुन्छ । किनकि सबै प्रदेशमा बीमा प्राधिकरणको उपस्थिति छँदैछ भने दुर्गम स्थानमा भौतिक परीक्षा लिएर अभिकर्ता उत्पादन गर्दा सर्वसुलभ, पारदर्शी र बीमाको पहुँच गाउँ ठाउँसम्म पुग्ने हुन्छ । यस्ता विषयमा बीमा प्राधिकरणले ध्यान पु¥याउन जरुरी छ । दूरदराजमा बीमाको पहुँच नपुगेको बेला त्यही दूरदराजको युवा बीमा अभिकर्ता बन्छु भनेर लाग्दा समस्या झेल्छ र फेरि त्यो व्यवसायतिरबाट मन मोडिन पनि सक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार