तत्कालिन बीमा समितिले बेला बखत काठमाडौं लगायत उपत्यका बाहिर पनि बीमा अभिकर्ता तालिम दिँदै आएको थियो । साथसाथै बीमकहरुले बनेपा, धुलिखेल, दक्षिणकाली लगायतका विभिन्न स्थानका रिसोर्ट तथा होटलहरुमा अभिकर्ता तालिक सञ्चालन गर्दथे । उक्त तालिमबाट उत्साहित बनेका अभिकर्ताहरुको गुणस्तर राम्रो हुन्थ्यो । किनकि तालिममा बीमा पोलिसी, आचार संहितासहित बीमाको उद्देश्यका बारेमा प्रष्ट पार्दै फाइदा र महत्वबारे अभिकर्तालाई सचेत बनाइएको हुन्थ्यो । बिस्तारै उक्त तालिमको जिम्मा बीमकलाई नै दिइयो ।
कोभिडपछि डिजिटल बनेको बजार
बीमकहरुले जेनतेन बीमा अभिकर्ता तालिम दिइरहेका थिए । जसोतसो चलेकै थियो । त्यसपछि कोरोना महामारी शुरु भयो । कतिपय भौतिक क्रियाकलाप बन्द भए । करिब एक वर्ष सबैजसो आर्थिक क्रियाकलाप बन्द नै भए । कोरोना महामारी कायमै हुँदा आर्थिक चलखेल र व्यवसाय विस्तारको विकल्पमा कतिपय व्यवसाय अनलाइनमार्फत् हुन थाल्यो । र, विस्तारै प्रविधिको प्रयोग गर्दै डिजिटल मैत्री बन्दै गयो । यसैको फलस्वरुप बीमकहरुले बीमा अभिकर्ताहरुलाई अनलाइन तालिम दिएर बजारमा पठाउन थाले । त्यस्तो तालिम १८÷२० घण्टा हुनुपर्नेमा एक÷दुई घण्टामै टुंग्याइन थालियो । जसको फलस्वरुप बीमाको पूर्ण ज्ञान अभिकर्तामा हुन पाएन । यसका विकृतिहरु बजारमा देखिन थाले । यस्ता विकृतिहरु नियन्त्रण गर्न बीमा मध्येस्थकर्ता बन्नलाई नियामक निकाय बीमा प्राधिकरणको परीक्षामा उत्तीर्ण भएर मात्रै इजाजत पाउने गरी बीमा ऐन २०७९ मा व्यवस्था गरियो ।
बीमकहरु आशवादी
बीमा प्राधिकरणले आफैं परीक्षा लिएर मध्यस्थकर्ता (अभिकर्ता) उत्पादन गर्ने निर्णपछि बीमकहरु निकै हौसिएका थिए । किनकि अब अभिकर्ता बन्नका लागि पूर्ण तालिम लिनै प¥यो । बीमासम्बन्धी ज्ञान हुनै प¥यो । परीक्षामा ५० प्रतिशतसहित उत्तीर्ण हुनै प¥यो । अनलाइन परीक्षामा आफैं उपस्थित हुनै पर्ने भएपछि अब बीमा अभिकर्ता परिपक्व भई बीमा बजार विस्तारमा सकारात्मक प्रभाव पर्नेमा ढुक्क थिए भने कतिपय बीमकहरु अभिकर्ताले परीक्षा पास गर्न सक्दैनन् कि भन्नेमा चिन्तित देखिन्थे ।
सोचेजस्तो गुणस्तरीय नतिजा आएन
नेपाल बीमा प्राधिकरणले लिएको मध्यस्थकर्ताहरुको अनलाइन परीक्षा र उत्तीर्ण भएकाहरुको गुणस्तर जुन अवस्थाको हुनुपथ्र्यो त्यस्तो पाइएन । परिक्षामा पनि विकृतिहरु बढ्न थाले । जसमा परीक्षार्थीलाई साइडबाट सिकाउने, प्रत्येक बीमकहरुको शाखाको उद्देश्य नै कसरी अभिकर्ता पास गराई अभिकर्ता संख्या बढाउनेमा केन्द्रीत हुन थाल्यो । जसले गर्दा गुणस्तर झन खस्किन पुग्यो । जुन मर्मअनुसार यस प्रणाली भित्रिएको थियो, त्यस्तो पाइएन । यस्तो प्रकारको जसरी हुन्छ पास गराएर इजाजत लिने प्रवृत्तिले सरोकारवालाहरु कसैलाई पनि फाइदा पुग्दैन । उद्देश्य मात्रै मध्यस्थकर्ता/अभिकर्ताको इजाजत लिनु भयो । तर गुणस्तरीय शिक्षा र ज्ञान हासिल गर्ने भएन ।
समाधान के होला ?
नेपाल बीमा प्राधिकरणको देशका सातै प्रादेशिक कार्यालयहरुले बीमकले तोकेको वा आफ्नै अनुकुलतामा भौतिक रुपमा नै तालिम सञ्चालन गर्दा बढी बाञ्चनिय हुने देखिन्छ । यदि अनलाइन परीक्षा नै गर्ने हो भने पनि बढी व्यवस्थित गर्नु जरुरी छ । यसले बीमाको दायरा बढाउन मद्दत गर्नेछ । जब दक्ष बीमा अभिकर्ताको प्रवेश बजारमा हुन्छ । यसको सकारात्मक प्रभाव व्यवसायमा पर्दै जाने निश्चित छ ।