free website hit counter

बीमा कम्पनीले उठाए ७० अर्ब बीमा शुल्क

beemaadmin
२०७६ फाल्गुन २०, मंगलवार

काठमाडौं । नेपालमा विस्तारको क्रममा रहेको बीमा व्यवसायको पहुँच झण्डै २२ प्रतिशतको हाराहारीमा पुगेको छ । जीवन बीमा र निर्जिवन बीमा व्यसायबाट चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७० अर्ब बीमा शुल्क आर्जन भएको छ । जीवन बीमातर्फ ५४ अर्बको बीमा शुल्क आर्जन हुँदा निर्जिबन बीमातर्फ १६ अर्ब बीमा शुल्क आर्जन भएको हो ।

जीवन बीमा व्यवसायतर्फ १९ बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ महिना सम्ममा ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएको हो । उक्त बीमाशुल्क मध्ये जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कतर्फ १७ अर्ब ९० करोड रुपैयाँ र नविकरण बीमा शुल्कतर्फ ३५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेका छन् । बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा शुल्कतर्फ १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् । कम्पनीहरुले माघ महिनासम्ममा ७४ लाख ७८ हजार ८ सय ८४ बीमालेख जारी गरेका छन् । सो मध्ये वैदेशिक रोजगारमार्फत जारी भएको बीमालेखको संख्या ८ लाख ५३ हजार ३७ रहेको छ । जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले १६ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले ८ अर्ब ८४ करोड रुपैयाँ र बीमा संस्थानले ६ अर्ब रुपैयाँ आर्जन गरेको देखिएको छ ।

यसैगरी निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सोही अवधिमा बीमा दायरामा आएको जनसंख्या १४ लाख ५७ हजार ४६ छ । निर्जीवन बीमा तर्फ सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै,सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि १ अर्ब ३३ करोड बीमा शुल्क आर्जन गरेको तथ्याकंले देखाउँछ । सगरमाथा इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा कम्पनीको काम सेवा दिने भएकोले बिमितलाई दिने सेवा सुविधामा कमि नहुने हिसाबले काम गरिरहेका बताए ।

सम्बन्धित समाचार