free website hit counter

बीमा कम्पनीहरूलाई ई–बिलिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन

beemaadmin
२०८३ बैशाख १४, सोमबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई ई–बिलिङ प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढ बनाउने, कारोबारलाई पारदर्शी बनाउने, कर अनुपालन सुनिश्चित गर्ने तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गर्न भनिएको हो।

निर्देशक हृदयश्वर पण्डितका अनुसार अब सबै प्रकारका बीमाशुल्क, सेवा शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य रूपमा ई–बिल वा इनभ्वाइस जारी गर्नुपर्नेछ।

सम्बन्धित समाचार