free website hit counter

बीमा चेतना फैलाउन जन्मियो नयाँ संस्था

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं । विमा कम्पनीहरुको संख्या वृद्धि भए पनि बजार विस्तार हुन सकिरहेको छैन । शहर केन्द्र्रीत बीमा कम्पनीहरु गाउँ गाउँमा पनि जान थालेका छन् । तर चेतनाको अभावले ठाउँ पुगेका बीमा कम्पनी त्यहाँ टिक्न सक्ने अवस्थाको विकास अझै भइसकेको छैन ।

आम नागरिकलाई बीमा चेतना फैलाउन नसक्दा यो अवस्था आएको हो । यही बेला बीमा जागरण र सचेतना फैलाउने उद्देश्यले इन्स्योरेन्स प्रोफेशनल सोसाईटी गठन भएको छ । बीमा समितिका कानुन निर्देशक दिनेशलाल कर्णको प्रमुख आतिथ्यमा जनकपुरमा आयोजित भेलाले आईएमई जनरल इन्स्योरेन्सका अर्जुनकुमार पौडेलको अध्यक्षतामा सोसाइटी गठन गरेको हो । बीमा समितिका सुशिलदेव सुवेदी विशेष अतिथि तथा मेघेन्द्र प्रकाश गिरी र सोन आलेमगरको अतिथि रहेको भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

सो संस्थाले बीमा समितिकै मातहतमा रहेर बीमा जनचेतनाको काम गर्ने उद्देश्य लिएको छ । सोसाइटीको उपाध्यक्षमा नेपाल लाईफका अनिल मिश्र, महासचिवमा एशियन लाईफका पुरुषोत्तम कुर्मी तथा कोषाध्यक्ष सिटिजन्स लाइफका आकाश पाण्डे छानिएका छन् । नव निर्वाचित अध्यक्ष पौडेलले बीमाबारे जनचेतना जगाउन सोसाइटीले सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बीमा समिति र सोसाईटीबीच अन्तरक्रिया

यसैबीच, बीमा समितिको उच्च स्तरीय टोलीसँग इन्स्योरेन्स प्रोफेशनल सोसाईटीले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमालाई आम जनताको जीवन र दैनिकीसँग जोड्ने बारे छलफल भएको थियो ।
स्थानीय तहसँग बीमा समितिअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकासँग अन्तरक्रिया गर्न जनकपुर पुगेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई सहितको टोली र इन्स्योरेन्स प्रोफेशन सोसाईटीका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार