free website hit counter

बीमा पहुँच दू्त मार्गमा बिस्तार

beemaadmin
२०७९ आश्विन १९, बुधबार

काठमाडौं । बीमा व्यवसाय विस्तारको क्रममा छ । प्रतिस्पर्धी बजारमा बीमाको पहुँच पनि बढ्दै गएको छ । पछिल्लो समय त बीमाको पहुँच दुत्र गति (फास्ट ट्रयाक) मा बढेको छ । पछिल्लो ६ बर्षमा मात्र बीमाको पहुँच ३१.२० प्रतिशतले बढेको छ । आर्थिक २०७२–७३ मा बीमाको पहुँच १० प्रतिशत नेपालीमा मात्र थियो । तर, अहिले बीमाको पहुँच ४१.२० प्रतिशत नेपालीमा पुगिसकेको छ । यो म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार जीवन बीमा सहितको तथ्यांक हो । म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार जीवन बीमा बाहेक चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बीमा कभरेज पनि ३८.२६ प्रतिशत रहेको समितिले जनाएको छ । एउटै व्यक्तिले दुई वा सो भन्दा बढी बीमालेख खरिद गरेको पनि हुन सक्छन् । यसरीमा बीमामा डुब्लीकेशन हुने सम्भावना पनि भएकाले संसारभर कुल बीमालेखलाई ५ प्रतिशतले कम गरेर बीमाको पहुँच गणना गर्ने अभ्यास छ । नेपालमा पनि सोहीअनुसार बीमाको पहुँच गणना गरिएको हो ।
रकारले बीमाको पहुँच विस्तारलाई उच्च प्राथमिकता समेत राखेको छ । सरकारले लक्ष्य अनुसार बीमा समितिले पहुँच बढाउन आक्रमक रुपमा काम गर्दै आएको छ । स्थानीय तह, प्रदेश सरकारसँग समितिले बीमा जागरण सम्बन्धी अन्तरक्रिया गर्दै आइरहेको छ । कम्पनीहरुले पनि बीमा पहुँच बढाउन उत्तिकै मात्रामा काम गर्दै आएका छन्, त्यसको कारण बीमाको पहुँच दुत्र गतिमा अगाडि बढेको बीमा समितिको दाबी छ ।
७ दशकसम्म क्रियाशिल हुन नसकेको नेपाली बीमा बजार नयाँ कम्पनीको उदयसँगै द्रूत गतिमा अघि बढेको हो । पछिल्लो ५ बर्षको अवधीमा ९ जीवन र ३ निर्जीवन कम्पनी थपियो । नयाँ कम्पनीहरु आक्रमक रुपमा बजारमा प्रस्तुत भए । नयाँ कम्पनी आक्रमक भएपछि पुराना कम्पनीहरु पनि जुरमुराउन थाले । त्यसको असरले पनि बीमा बजार आक्रमक भएको पाइन्छ । त्यसमाथि यही अवधीमा बीमा समितिले पनि आफ्नो क्रियाशिलता बढाउयो । बीमा बजारलाई आवश्यक पर्ने तत्वहरुको विकास गर्न समिति सफल भयो । बीमा बजारलाई आवश्यक नीतिनियम बनाउने, नियमन गर्ने कार्यमा समिति पनि क्रियाशिल बन्यो । साथै, बजार प्रवद्र्धन गर्ने नीति पनि ल्यायो । त्यसको असरले बीमा बजार आक्रमक भएको बीमा समितिको दाबी छ ।

सम्बन्धित समाचार