free website hit counter

बीमा संस्थानलाई प्राधिकरणको चेतावनी

beemaadmin
२०८० आश्विन १७, बुधबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई १० दिनभित्र यथार्थ वित्तीय अवस्था र अहिलेसम्मको प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन् । प्राधिकरणले संस्थानको आर्थिक अवस्था रुग्ण भएकाले आफूहरुले सबै विवरण दिनभित्र पेश गर्न निर्देशन दिएको र विवरण आएपछि उपयुक्त निर्णय लिने बताएका छन् । कुनै पनि बीमा कम्पनीको अवस्था बिग्रिदै जाँदा त्यसको जिम्मा लिने अधिकार नियामक निकाय बीमा प्राधिकरणलाई हुन्छ । लामो समयदेखिको लेखापरीक्षण गर्न संस्थान असक्षम भएको र पूरानो हिसावकिताब लथालिंग भएका कारण हिसाव राफसाफ गर्न पटक पटन निर्देशन दिए पनि बेवास्ता गरिएको बताएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार