free website hit counter

बीमामा जेटिसन (Jettition) भनेको के हो ?

beemaadmin
२०७६ माघ १, बुधबार

सामान्यतया बीमा क्षतिपूर्तिको सिद्धान्तमा बढी आधारित हुन्छ । अझ निर्जिवन बीमामा यसको महत्व बढी देखिन्छ । जब घटना घट्छ, तब सर्भेयरले क्षतिको मूल्यांकन गरेर बीमा कम्पनीलाई विवरण बुझाएपछि दाबी भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुग्छ ।
बीमा गरिएको सम्पत्तिको जानी जानी क्षति गर्न पाइँदैन । यदि गरिएमा बदनियतपूर्ण तरिकाले गरेको मानिन्छ र क्षतिपूर्ति दिइँदैन । तर कुनै बेला यस्तो स्थिति आइपर्दछ कि जानी जानी आफ्नो सम्पत्तिको क्षति आफैं गर्नु पर्दछ र बीमा कम्पनीसँग क्षति पूर्ति लिनु पर्दछ । उदाहरणका लागि १० हजार टन चामल लिएर प्रशान्त महाशागरबाट पानी जहाज चल्दै थियो तर बीचमा नै अड्कियो । प्राविधिकहरुको चेक जाँचपछि जहाज पत्ता लाग्यो कि जहाजमा लोड बढी रहेछ । अब समस्या समाधानका लागि १ हजार टन चामल समुद्रमा फालेपछि मात्रै जहाज गन्तव्यमा पुग्ने अवस्था आउँछ । त्यही अनुसार १ हजार टन चामल समुद्रमै फालेर जहाज अघि बढ्छ ।

जानी जानी ङ्खयाकेको सामानको दाबी भुक्तानी (मेरिन बीमा) बीमा गरेको कम्पनीसँग लिइन्छ र यो भुक्तानी बीमकले सहर्स स्वीकार गर्दछ । किनकि एक हजार टन चामल नफालेको भए विमकले दश हजार टनकै क्षतिपूर्ति व्यहोर्नु पथ्र्यो र पानी जहाजको पनि जुन बीमकले जोखिम बहन गरेको थियो त्यसैले तिर्नु पथ्र्यो ।
यसमा परम सद्विश्वासको सिद्धान्त पनि लागू हुन्छ र महत्वपूर्ण मानिन्छ । यो भनेको बीमक र बीमितबीचको आपसी समझदारी हो । यहाँ बिमितले बिमकलाई बढी क्षतिपूर्ति भर्नबाट गाउन पहिल्यै जानी जानी कम क्षति गराई थप क्षतिपूर्तिको बीमा दाबी भुक्तानी रकम जोगाइदिएको हुन्छ । यस सन्दर्भ कार्गो, बीमान, गाडी, रोपवे, केबलकारलगायतका क्षेत्रहरुमा हुन्छन् भने यो बीमक र बिमित दुवैको हितमा हुन्छ । यही सिद्धान्तलाई बीमा व्यवस्यामा जेटिसन Jettition भनिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार