free website hit counter

बीमालेख समर्पणमा अभिकर्तामाथि किन निशाना ?

beemaadmin
२०७९ भाद्र ५, आईतवार
  • नुरराज कँडेल

नियामक निकायले सुझबुझका साथ निर्णय र निर्देशन जारी गर्नु पर्दछ । यहाँ प्रसंग बीमालेख समर्पणको हो । हाल आएर बढी भन्दा बढी बीमालेख सरेण्डर गराउने बीमक र अभिकर्तामाथि चियोचर्चा थालिएको छ । जबकि बीमकहरुलाई कन्ट्रोलमा राख्ने, अभिकर्ता, सर्भेयरहरुलाई तालिम दिई इजाजत दिने निकाय बीमा समिति हो । हाल हाएर अभिकर्ता उत्पादन गर्न बीमकलाई जिम्मा दिई आफू पानीमाथिको ओभानो बन्दैछ ।
बीमालेख समर्पणका विविध कारण हुन सक्छन् जहाँ नियोतिज पनि हुन सक्दछ तर त्यसका नक्कली कागजात पेश गरिएको हुँदैन । बिमितको सही औंठा छाप र समर्पणको कारण खुलाएर समर्पण प्रस्ताव पेश गरिन्छ र नियमसंगत रुपमा बीमितलाई रकम भुक्तानी गरिन्छ ।

अभिकर्तालाई समस्यामा पार्ने ?
जीवन बीमाका मेरुदण्ड अभिकर्ता हुन् भन्ने कुरा जान्दा जान्दै पनि कुन अभिकर्ताले कति बीमालेख सरेण्डर गरायो भनेर चियो चर्चा गर्नुभन्दा त्यस बीमालेख जारी हुनुभन्दा पहिलेको आँकडा, अण्डराइटिङ के हो ? त्यतातिर ध्यान जान जरुरी छ । यदि बीमितको स्रोत छैन भने बीमा कसरी भयो ? आम्दानीको स्रोत कहिले बढ्छ कहिले सुक्छ यस्तो अवस्थामा समर्पण वा बीमलोख धितोमा ऋण लिनु पर्ने बीमितको बाध्यता हुन्छ । ऋण लिँदा नियमित ब्याज र बीमा शुल्क भुक्तानीको भारले तोक्सानमानै बीमालेख सरेण्डर गर्ने बीमित धेरै छन् । यो बीमितको नैसर्गिक अधिकार हो । आफ्नो लगानी नाफा घाटा व्यहोर्ने बीमितको इच्छा हो र अधिकार पनि हो ।
अभिकर्ताको कमिशन, इन्सेन्टिभ र बोनसमा आँखा
जीवन बीमामा अभिकर्ता हुन्थेनन् भने बीमा कम्पनीनै कोल्याप्स हुन्थे र हुन्छन् पनि । एउटा अभिकर्ताले एउटा बीमा प्रस्ताव पेश गर्न महिनौ लाग्छ । दशौं पटकसम्म ग्राहकलाई भेटेर बीमासम्बन्धी प्रस्ताव गरीरहनु पर्दछ । त्यस समयमा उसले पाउने सेवा सुविधाको आधार भन्दा बढी रकम खर्च भैसकेको हुन्छ भने समय पनि त्यत्तिकै खर्च हुन्छ । यस्तोमा अभिकर्ताको मर्म नबुझी समर्पणको दर बढ्यो भन्दैमा अभिकर्तालाई दोष किन ?

दक्ष अभिकर्ता किन उत्पादन नगर्ने ?
निर्णायक स्थानमा बस्नेले निर्देशन दिन सजिलो छ तर आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दछ । प्रत्येक बीमा शुल्कको एक प्रतिशत रकम बीमकहरुले बीमा समितिलाई बुझाउनु पर्दछ तर त्यसको फाइदा बीमकलाई के छ ? निरन्तर दबाव, अन्टसन्ट निर्देशन र सबैलाई हतोत्साहित बनाउने काम मात्रै भएको छ । सबै निर्णय सुझबुझ गरी सबैको फाइदा र जित हुने निर्णय लिन जरुरी छ ।

प्रति बीमकको अभिकर्ताको दक्षता के भनेर बीमा समितिले रचनात्मक कार्यक्रम सञ्चालन गर्न पर्दैन ? त्यसमा हाजिर जवाफ, लेखन प्रतियोगिता, परीक्षा प्रत्येक बीमकसँग छुट्टाछुट्टै गर्नु पर्दछ । फेरि बीमकका कर्मचारी अभिकर्ताहरु मिसाएर (२–४ बीमक) परीक्षा लिनु पर्दछ । अनि मात्र व्यवसायिक स्तरोन्नति हुन्छ ।
सबैभन्दा पहिले नियामक निकाय बीमा समिति सक्षम हुनुपर्दछ, त्यसपछि बीमा व्यवसाय आफैं सक्षम हुन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार