free website hit counter

बीमासम्बन्धी यी कुरा तपाईंलाई थाहा छ ?

beemaadmin
२०७७ फाल्गुन २६, बुधबार

१. नेपालको पहिलो बीमा कम्पनी हालको नेपाल इन्स्योरेन्स तत्कालिन अवस्थामा माल चलानी तथा बीमा कम्पनीको नामले २००४ साल असाज ८ गते दर्ता भई २००६ वैशाख १६ गते औपचारिक शुरुआत भएको थियो । यो निर्जिवन बीमक हो ।

२. रोचक त के छ भने त्यसबखत बीमा कम्पनीको इजाजत उद्योग परिषद् विकास बोर्डले गर्दथ्यो र उद्योग परिषद्का सभापति विजयसमशेरले हस्ताक्षर गरी अनुमति दिएका थिए ।

Advertisement
Advertisement

३. यस बीमा कम्पनीलाई स्थापना र सञ्चालन गर्न नेपाल बैंक लि. ले नेतृत्व गरेको थियो । किनकि बैंकको लगानी नडुब्न बीमा अनिवार्य छ ।

Advertisement
Advertisement

४. यदि बीमा कम्पनी नहुने हो भने बैंक स्थापना हुनै सक्दैन किनकि बैंकले लगानी गर्ने धितोको बीमा नभएमा लगानी सुरक्षित हुँदैन ।

५. यदि बीमा कम्पनी नहुँदो हो त बैंक कसैले खोल्न र चालउन नै सक्दैन तर बैंक नभए पनि बीमा कम्पनी चलाउन सकिन्छ ।

६. तत्कालिन अवस्थामा बीमा कम्पनीको मूल धन ५ लाख थियो ।

७. पाँच लाख मुलधनमध्ये १ लाख नेपाल बैंक लिले वा २० प्रतिशत हिस्सा लिएको थियो ।

८. तत्कालिन समयमा जम्मा ४ वटाको वा नेपाल बैंक बाहेक ३ जनामात्र संस्थापक शेयर सदस्य थिए ।

९. त्यतिबेला प्रतिशेयर वा प्रतिकित्ता १० रुपैयाँ मूल्य कायम गरिएको थियो ।

१०. त्यस बखत प्रतितोला सुनको मूल्य रु ८५ थियो । हाल ९० हजारको हाराहारीमा छ ।

११. हालको मूल्यमा तत्कालिन प्रतिशेयर मूल्य वा प्रति १० रुपैयाँ ८ हजार सरदर पर्न आउँछ ।

१२. अचम्म के छ भने त्यतिबेला नेपाल बैंक लि. बाहेक गोविन्दप्रसाद गोर्खालीले १०० कित्ता, साहु सिद्धिदास श्रेष्ठ १५०० कित्ता, गीर्णलाल श्रेष्ठ ५०० कित्ता मात्रको हक लिई वा संस्थापक शेयरमा लगानी गरी बीमा कम्पनी खुलेको थियो ।

१३. तत्कालिन अवस्थामा कम्पनीको शेयर खरिद बिक्री भौतिक रुपमा भएको पाइन्छ र शेयर किन्न मिलाइदिने वा बिक्री गर्न मिलाइदिनेलाई २ प्रतिशत कमिशनको व्यवस्था गरिएको थियो ।

१४. स्वास्थ्य बीमा सन् १८८३ मा जर्मनीबाट शुरु भएको थियो ।

१५. विश्वमा सन् १३१० मा बेल्जियमबाट बीमा व्यवसाय शुरु भयो । यो निर्जिबन बीमा थियो ।

१६. जीवन बीमा गर्ने पहिलो व्यक्ति William Gibbions हुन् भने उनले १५८३ जुन १८ तारिखमा बीमा गरेका थिए ।

१७. सन् १८०० तिर विश्व बजारमा बीमाको व्यवसायिक कारोबार थालियो ।

१८. राष्ट्रिय बीमा संस्थानको उद्घटान वि.सं. २०२५ साल फागुन ११ गते राजा महेन्द्रबाट गरिएको थियो भने वि.सं. २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भयो ।

१९. नेपालको प्रथम जीवन बीमा व्यवसाय वि.सं. २०२९ साल फागुन ७ गतेबाट राष्ट्रिय बीमा संस्थानले गरेको थियो ।

२०. नेपालमा बीमा संस्थान खुल्नुभन्दा पहिला एलआईसी इन्डिया, भारतीय जीवन बीमा निगमले आफ्नो कार्यालय खोलेर बीमा व्ययसाय गर्दथ्यो ।

२१. राष्ट्रिय बीमा संस्थान खुलेपछि भारतीय बीमा कम्पनीले आफ्नो व्यवसाय संस्थानलाई जिम्मा लगाई नेपालका कार्यालय बन्द गर्यो ।

२२. तत्कालिन राजाले भारतीय जीवन बीमा निगमलाई नेपालमा व्यापार गर्ने अनुमति दिए पनि नेपालमा बीमा कम्पनी खुलेपछि व्यापार गर्न नपाउने शर्त राखेका थिए ।

२३. हालसम्म जीवन बीमाको यकिन शुरुआत कहिले भयो भन्ने अभिलेख नपाइए पनि इ.पू ४५०० तिर ग्रिक र बेविलोनियातिर कुनै न कुनै प्रकारको जीवन बीमाको प्रकार पाइन्छ त्यतिबेला कुनै रुपले व्यक्तिको जोखिम बहन गरिएको हुन्थ्यो ।

२४. ज्योतिष एडमण्ड हेलिले सन् १६९३ मा मोर्टल्ली टेबल तयार गरी बीमा शुल्क निर्धारण गर्न सजिलो बनाइदिए ।

२५. बेलायतमा सन् १६९६ बाट जीवन बीमा व्यवसाय शुरु भएको थियो ।

२६. बीमा शुल्क निर्धारण गर्न लन्डनका हर्डले नामका पुस्तक पसलेले बीमा शुल्कको तालिका तयार गरेका थिए र पछि सबैले अनुशरण गरेका थिए ।

 

  • साैगात

सम्बन्धित समाचार