free website hit counter

बुटवल पावरको लाभांश घोषणा

beemaadmin
२०८२ पुष ४, शुक्रबार

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले आव २०८१–८२ को मुनाफाबाट चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा अपरान्ह २ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ । उक्त सभामा गत आवमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रदान गरिएको ९ लाख ८७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग अनुमोदन गर्ने, गत आवको वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरणहरु समेत पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभामा सञ्चालक समितिमा रिक्त हुने चारजना सञ्चालकको पदपूर्तिका लागि निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार