free website hit counter

बुद्ध नेपालकै हो भन्दै सच्चियाे भारत

beemaadmin
२०७७ श्रावण २५, आईतवार

काठमाडौं। भगवान गौतम बुद्धको जन्मथलोका विषयमा भारतले बेला बेला अनर्गल प्रचार गर्दै आइरकेको छ । यही बेला भगवान गौतम बुद्धको जन्मभूमिलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकारले दिएको अभिव्यक्ति भारतले सच्याएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तले आइतबार एक स्टेटमेन्ट जारी गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको र लुम्बिनी नेपालमा रहेकामा कुनै शंका नभएको बताएका छन्। शनिबार भारतीय विदेशमन्त्री जयशंकरले एक भर्चुअल बैठकमा बुद्धलाई महान भारतीय भनेर वर्णन गरेका थिए। उनको सो भनाईको नेपालले विरोध गरेको थियो। नेपालले आइतबार स्टेटमेन्ट जारी गर्दै बुद्ध नेपालमै जन्मिएको ऐतिहासिक र पुरातात्विक प्रमाण रहेको भन्दै यो विवादको विषय नै नभएको बताएको थियो। पररषट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले स्टेटमेन्ट जारी गरेको केही समयपछि उनका भारतीय समकक्षीले पनि स्टेटमेन्ट जारी गर्दै विदेशमन्त्रीको भनाईलाई सच्याएका हुन्।

Advertisement
Advertisement

नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आइरहेको छ। यसैबीचमा भारतीय पक्षबाट नेपालविरोधी भनाईहरु सार्वजनिक भइरहेका छन्। पछिल्लो पटक विदेशमन्त्रीको विवादास्पद भनाई आएपछि प्रवक्ताले सच्याउनु परेको हो।

Advertisement
Advertisement

सम्बन्धित समाचार