काठमाडौं । पहिलो पटक प्रत्यारोपण गरिएको मृर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलोसिसमा हुनुहुन्छ । चिकित्सकहरुले यसका लागि फेरि मृर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएबमाउजम उहाँको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुने बताइएको छ । यसका लागि प्रधानमन्त्री ओलि मंगलबा नै अस्पताल भर्ना हुनुुहुने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीको दोस्रो पटकको प्रत्यारोपणका लागि नातिनीले मृर्गौला दान दिने भएकी छिन् । धेरै आफन्तले मृर्गौला दिने इच्छा देखाए पनि नातिनीसँग ‘म्याच’ भएको बताइएको छ । प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् ।