free website hit counter

बुहान पुगे राष्ट्रपति सी, अरु देशलाई सहयोग गर्दै चीन

beemaadmin
२०७६ फाल्गुन २७, मंगलवार

एजेन्सी । विश्वलाई आतंकित बनाउने कोराना संक्रमणको उद्घगमस्थच चीनको बुहान प्रान्तमा अहिले कोरानो सक्रमणको अवस्था नियन्त्रणमा आइसकेको छ । चिनियाँ राष्ट्रपति सी चिन फिङ कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको वुहान सहर पुगेका छन्। राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेको पिपुल्स डेलीले जनाएको छ । उनले त्यहाँ कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी, पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक कार्यकर्तालगायतसँग छलफल गरेको बताइन्छ । कोरोना भाइरसविरूद्ध राष्ट्रपति सीले जनयुद्ध नै घोषणा गरेका थिए। कोरोना फैलिएपछि उनी पहिलो पटक मंगलबार वुहान पुगेका हुन्। सोमबार चीन जम्मा १९ जनामा मात्र कोरोनाभाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। १९ मध्ये पनि १७ जनालाई मात्र चीन भित्र संक्रमण भएको बताइएको छ। दुई जना चिनियाँ नागरिक विदेशबाट फर्किदा संक्रमित भएर आएका थिए।

चीनभित्र संक्रमित भएका १७ जना सबै कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको राजधानी वुहान सहरका नागरिक हुन्। लगातार तेस्रो दिन चीनमा वुहान सहरबाहिर कसैलाई कोरोना भाइरस संक्रमण भएको छैन। कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ३ सय ९४ जना बिरामी भएका छन्।

अरू देशलाई सहयोग गर्दै चीन
कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा नयाँ सङ्क्रमण हुने दर घटेको छ । २४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार १९ जनामात्रै नयाँ बिरामी भेटिएको बीबीसीले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि दिनहुँ घटिरहेको छ भने उपचारपछि निको हुने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चीनमा १७ जनाको ज्यान गएको छ । चीनमा अहिलेसम्म ८० हजार सात ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ५९ हजार ९ सय पाँच जना उपचारपछि घर फर्किएका छन् । अहिले १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेकोमा चार हजार सात सय ९४ जना सिकिस्त बिरामी रहेको चीनको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयोग गर्ने घोषणा गरेको छ । विश्वका एक सय १५ देशमा फैलिसकेको कोरोनाको सङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको चिनियाँ सञ्चारमाध्ययम सिन्ह्वाले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार