free website hit counter

बेलायतमा ‘नियन्त्रण बाहिर’ काेराेना

beemaadmin
२०७७ पुष २५, शनिबार

लण्डन । लण्डनमा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिएपछि स्वास्थ्य सेवालाई बचाउन लण्डनका मेयर सादिक खानले ‘ठूलो घटना’ घोषणा गरेका छन् । मेयर खानले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लण्डनका अधिकारीहरु, स्थानीय काउन्सिलका नेताहरु, जनस्वास्थ्य इङल्याण्डका अधिकारीहरु र आकस्मिक सेवाका अधिकारीहरुसितको परामर्शपछि सो घोषणा गरेको बताएका छन् ।
लण्डनमा प्रति १ लाख मानिसमा १ हजार मानिस कोरोना संक्रमित छन् भने ३० डिसेम्बर देखि ६ जनवरीसम्ममा कोभिडका कारण अस्पताल भर्ना हुनेहरुको संख्या २७ प्रतिशतले बढेको छ । यसैगरी भेण्टिलेटरमा भर्ना हुने बिरामीहरुको संख्या ४२ प्रतिशतले बढेको छ । करिब १ हजार मानिस एक सातामा भेन्टीलेटरमा थपिएका छन् भने दिनहुँ ८३० जना लण्डनमा अस्पताल भर्ना हुने गरेका छन् । लण्डनको सबैभन्दा ठूलो अस्पताल रोयल लण्डन अस्पतालमा अति सघनकक्ष ९आइसियु०मा अब ३० बेड मात्र खाली रहेको बताइएको छ । कुल १५० आइसियु बेड रहेको सो अस्पतालमा अब बाँकी रहेको बेड भरिएपछि गम्भीर अवस्थाका बिरामीहरुमध्ये पनि छान्नुपर्ने अवस्था आउने छ ।
‘ठूलो घटना’ सामान्य अवस्थाभन्दा बाहिर जानुपरेको स्थितिमा र मानिसको जीवन, अत्यावश्यक सेवा, वातावरण र राष्ट्रिय सुरक्षामा गम्भीर असर, क्षति, अवरोध, खतरा हुने अधिक सम्भावना हुँदा घोषणा गर्ने गरिन्छ । लण्डनमा यसअघि सन् २०१७ मा ग्रेनफेल टावरमा आगलागी हुँदा, सन् २०१६ वेष्टमिन्स्टर पुलमा आतङ्ककारी आक्रमण हुँदा र क्रोयडनमा ट्राम दुर्घटना हुँदा ‘ठूलो घटना’ घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार