free website hit counter

बैंक अफ काठमाण्डूका ग्राहकलाई पाए बीमा दाबी रकम

beemaadmin
२०७७ असार २१, आईतवार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडबाट शुभद्रा श्रेष्ठले घातक रोक बापतको बीमा दावी रकम प्राप्त गरेकी छिन् । श्रेष्ठले बैंकको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेकोमा उनले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थइन् । उनले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएको बैंकले जनाएको छ । बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रीमती शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थीती रहेको थियो । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आइरहको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु। ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु। पाँच लाख, १८ घातक रोगहरुको लागि रु। पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार