free website hit counter

बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा तिवारी

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । देशभरका वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठन (सिबिफिन) को महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । सिबिफिनको कार्यसमिति बैंठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो । नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंकजस्ता संस्थाहरुमा काम गरेका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरु, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका जन्मेका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता रहेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार