free website hit counter

बैंकास्योरेन्स पुनरावलोकन गर्दै राष्ट्र बैंक

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्स पुनरावलोकन गर्ने संकेत देखाएको छ । बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले बैंकास्योरेन्स पुनरालोकन गरिने आश्वासन लिएका हुन् । राजधानीमा आयोजित इन्स्योरेन्स समिट २०२० कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले बैंकास्योरेन्सको व्यवस्थामा पुनरालोकन गरी पुनः सञ्चालनमा ल्याउने बताएका हुन्।

बैंकास्योरेन्स रोकेपछि बीमा कम्पनीहरुको गुनासो आईरहेकोले राष्ट्र बैंकले पुनरावलोकन गर्ने तयारी गरेको उनले जानकारी उनले गराए। बैंकास्योरेन्सको विषयलाई पुनरावलोकन गर्ने सन्दर्भमा छलफल भैरहेको बताउँदै बैंकास्योरेन्सको व्यवस्थालाई नियमन निकायको दायरामा ल्याएर बीमा कम्पनीहरुलाई काम गर्न दिनु पर्छ भन्ने पक्षमा राष्ट्र बैंक रहेको उनले बताएका थिए ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा वा आगामी मौद्रिक नीतिले बैंकास्योरेन्स सम्बन्धी व्यवस्थालाई संशोधन गरी लागू गरिने डेपुटी गर्भनर शिवाकोटीले जानकारी गराएका हुन्। बैंकास्योरेन्सको नाममा विकृति बढेको गुनासो आएपछि केद्रिय बैंकले बैंकास्योरेन्सप्रति कडा नीति लिएको थियो ।

सबै स्थानिय तहका बीमा कम्पनीहरु नपुगेको अवस्थामा बैंकास्योरेन्सको व्यवस्थाले बीमा क्षेत्रको विस्तारमा टेवा पुग्ने समेत उनको विश्वास छ। बैंकास्योरेन्सको नाममा बैंकका कर्मचारीहरुलाई बीमा टार्गेट दिएको भएर राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति मार्फत बैंकास्योरेन्स बन्द गरेको थियो।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार