free website hit counter

ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीको आवेदन

beemaadmin
२०७९ कार्तिक १, मंगलवार

काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आवेदन दिएका छन्। सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज अन्तिम दिन साँझसम्म ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको सेबोनका प्रवक्ता रुपेश केसीले जानकारी दिए। सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ। प्रवक्ता केसीका अनुसार धितोपत्र व्यापारी कम्पनीका लागि एउटा रहेको । धितोपत्र व्यापारी कम्पनीको लाइसेन्स लिने एकमात्र कम्पनीमा नबिल सेक्युरिटिज लिमिटेड रहेको छ। यसैगरी पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीका लागि ४ वटा कम्पनी छन्। जसमा मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटिज, सेन्चुरी सेक्युरिटिज र अर्को एउटा कम्पनी रहेको केसीले जनाएको छ। नेप्सेबाट सिफारिस भई आएका कम्पनीहरुको मापदण्ड पूरा भए नभएको अध्ययन गरेरमात्र नयाँ ब्रोकर लाइसेन्सको आवेदन दर्ता गरिएको केसीले जानकारी दिए।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार