free website hit counter

भक्तपुरमा मृत्यु भएकी सुत्केरीमा देखिएन कोरोना

beemaadmin
२०७७ जेष्ठ २७, मंगलवार

भक्तपुर । मरेपछि मात्रै कोरोना संक्रमण पुष्टि हुने अनौठो नजिर नेपालमा बस्न थालेको छ । जिवित छउञ्जेल आरडीटी परीक्षण गर्ने नेपालमा मरेपछि मात्रै पीसीआर परीक्षण हुने गरेको छ । आइतबार भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा मंगलबार रिपोर्ट नेगेटिभ आएको हो । सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका स्थायी घर भइ हाल चाँगुनारायण नगरपालिका– २, पुरानो झौखेल बस्ने ती महिलाको बच्चा जन्माएको केही समयमै आइतबार राति मृत्यु भएको थियो । उनी अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । मृतक महिलाले काठमाडौं मेडिकल कलेज सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएकी थिइन् । प्रयोगशालमा उनको तीन पटकसम्म पीसीआर परीक्षण भएकोमा तीनै पटक नतिजा नेगेटिभ नै देखाएको अस्पताल स्रोतले जनाएको छ। रिपोर्ट नेगेटिभ आएसँगै शव आफन्तलाई जिम्मा लगाइने छ ।

सम्बन्धित समाचार